दफा १०
ध्वनिअङ्कन उत्पादकको अधिकार
(१) ध्वनिअङ्कन उत्पादकलाई देहाय बमोजिमको अधिकार हुनेछः–
(क) कुनै पनि तरिका वा स्वरुपमा ध्वनिअङ्कनको प्रत्यक्ष वा अप्रत्यक्ष रुपले पुनरुत्पादन गर्ने,
(ख) ध्वनिअङ्कनको प्रतिलिपि आयात गर्ने,
(ग) ध्वनिअङ्कनको मूल प्रति वा प्रतिलिपिको बिक्री वा स्वामित्व हस्तान्तरणका अन्य तरिकाबाट त्यस्ता ध्वनि अङ्कन सर्वसुलभ गराउने,
(घ) सार्वजनिक रुपमा ध्वनिअङ्कनलाई भाडामा वा सापटीमा दिने,
(ङ) तारयुक्त वा तारविहिन उपकरणबाट ध्वनिअङ्कनलाई एउटै खास ठाउँबाट वा आफूले चाहेको ठाउँबाट वा जनसाधारणद्वारा श्रवण गर्न सक्ने बनाउने ।
(२) उपदफा (१) बमोजिमको अधिकार त्यस्तो ध्वनिअङ्कन प्रकाशन भएको वर्षबाट पचास वर्षसम्म कायम रहनेछ ।